General
Normal
B.Sc. CSIT IV Semester-2078 Form Fill Up Notice
Published: January 7, 20244 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय दोश्रो वर्ष चौथो शत्र-२०७८ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा आवेदन फाराम २०८० साल माघ २२ गते सम्म वुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । सम्बन्धित क्याम्पस/कलेजहरुले फारामहरु रुजु गरी मिति २०८० साल माघ २४ गते सम्म यस कार्यालयमा अनिवार्य रुपमा वुझाउन पर्नेछ ।
परीक्षार्थीहरुको फाराम पठाउंदा सम्बन्धित क्याम्पस / कलेजहरुले ध्यान दिनु पर्ने कुराहरु :
कोटा, सेवा शुल्क र सम्बन्धन शुल्क बारे :
स्वीकृत कोटाको प्रमाण फाराम साथै पठाउनु पर्ने छ ।
कोटा भन्दा वढि विद्यार्थीको फाराम नपठाउने ।
त्रि.वि.नियमानुसार उपलब्ध गराउनु पर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुको नामावली संलग्न गरी पठाउनु पर्नेछ ।
सम्बन्धन प्राप्त कलेजहरुले प्रत्येक सेमेष्टरमा वुझाउनु पर्ने प्रति विद्यार्थी रु.३०००।- बराबरको सेवा शुल्क योजना माहाशाखा, त्रि.वि. कीर्तिपुरमा वुझाएको प्रमाण फाराम साथै पठाउनु पर्नेछ ।
सम्वन्धन शुल्क वुझाएको प्रमाण फाराम साथै पठाउनु पर्ने छ ।
आंशिक परीक्षार्थीको परीक्षा आवेदन फाराममा लब्धांक पत्रको फोटोकपी फाराम साथै संलग्न गरी पठाउनु पर्ने छ ।
परीक्षार्थीको हाजिरी आन्तरिक मूल्यांकन र विषयगत संख्या बारे :
परीक्षार्थीहरुको हाजिरी त्रि.वि. नियमानुसार हुनु पर्नेछ ।
आन्तरिक मूल्यांकनको प्राप्तांक परीक्षा आबेदन फाराममा उल्लेख गर्नुका साथै छुट्टा छुट्टै नामावली पनि पठाउनु पर्नेछ ।
आन्तरिक मूल्यांकन नभएका विद्यार्थीको फाराम फिर्ता पठाईने भएकोले अनिवार्य रुपमा आन्तरिक मूल्यांकन पठाउनु पर्नेछ ।
आन्तरिक मूल्यांकन अनुत्तीर्ण विषयको परीक्षा फाराम नभराउने । यदी परीक्षा फाराम भरी परीक्षा दिएमा उक्त विषयको परीक्षा स्वतः रद्द हुनेछ ।
परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुको विषयगत संख्या (Subjectwise-data) परीक्षा आवेदन फाराम साथ पठाउनु पर्नेछ ।
परीक्षा शुल्क :
परीक्षा शुल्क नियमित
रु. २,५००।-
परीक्षा शुल्क आंशिक (दुई विषय सम्म)
रु.१,५००।-
परीक्षा शुल्क आंशिक (दुई विषय भन्दा बढी)
रु. २,५००।-
विलम्व शुल्क (परीक्षा फाराम भर्ने म्याद भुक्तान भएको मितिले पहिलो हप्ता सम्म) :
नियमित थप
रु. २,५००।-
आंशिक (दुई विषय सम्म) थप
रु.१,५००।-
आंशिक (दुई विषय भन्दा बढी) थप
रु. २,५००।-
परीक्षा शुल्क बुझाउने सम्बन्धमा : सम्बन्धित क्याम्पस/कलेजहरुले उपरोक्त अनुसार परीक्षा शुल्क उठाई डीनको कार्यालयको नाममा रहेको कीर्तिपुर स्थित नेपाल बैंक लि.को चल्ती हिसाव नं.०४५००१०००९९१०७०००००१ मा जम्मा गरी पठाउनु पर्ने छ ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
द्रष्टव्य :
त्रि.वि.को निर्णय अनुसार परीक्षा केन्द्र परिवर्तन सम्वन्धी प्रावधान हटाइएको छ ।
परीक्षार्थीले एक पटक विषय छनौट गरी परीक्षा फाराम भरी सके पछि विषय परिवर्तन गराउन नदिने भएकोले परीक्षार्थीहरुलाई फाराम भराउंदा विषय एकिन गराई फाराम भराउने ।
परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयंले नै भरी बुझाउनु पर्नेछ । साथै परीक्षा फाराम भर्दा परीक्षा फाराममा र प्रवेश पत्रमा समेत परीक्षार्थी आफैंले नै पुरा दस्तखत गर्नु पर्दछ । अन्यथा पर्न गएमा यस कार्यालय जवाफदेही हुने छैन ।
पाठ्यक्रममा तोकिएको अवधी भित्र रही परीक्षा फारम भर्नु पर्नेछ । यदी अवधी नाघेका परीक्षा फाराम भरी परीक्षा दिएको पाइएमा त्यस्ता परीक्षार्थीको परीक्षा स्वतः रद्द हुनेछ । सो को जिम्मेवार निज विद्यार्थी, क्याम्पस तथा कलेज स्वयं हुनेछन् ।
नोट : कुनै पनि परीक्षार्थीले आफूले अध्ययन गरेको नियमित सेमेष्टरको परीक्षाको परीक्षा फाराम नभरी बिचमा छाडी अर्को सेमेष्टरको परीक्षा फाराम भरी परीक्षा दिएको पाईएमा त्यस्ता परीक्षार्थीको परीक्षा स्वतः रद्द हुनेछ । सो को जिम्मेवार निज विद्यार्थी, क्याम्पस तथा कलेज स्वयं हुनेछन् ।