General
Normal
B.Sc. CSIT VI Semester-2076 Form Fill Up Notice
Published: May 18, 202310 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय तेस्रो वर्ष छैठौं सेमेस्टर-२०७६ समूहको नियमित तथा सोही सेमेस्टरको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा आवेदन फाराम २०८० साल असार ३ गते सम्म बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । सम्बन्धित क्याम्पस/कलेजहरुले फारामहरु रुजु गरी मिति २०८० साल असार ५ गते सम्ममा यस कार्यालयमा अनिवार्य रुपमा बुझाउन पर्नेछ ।
१. परीक्षार्थीहरुको फाराम पठाउँदा सम्बन्धित क्याम्पस/कलेजहरुले ध्यान दिनु पर्ने कुराहरु :
(क) कोटा, सेवा शुल्क र सम्बन्धन शुल्क बारे :
स्वीकृत कोटाको प्रमाण फाराम साथै पठाउनु पर्ने छ ।
कोटा भन्दा बढी विद्यार्थीको फाराम नपठाउने ।
त्रि.वि. नियमानुसार उपलब्ध गराउनु पर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुको नामावली संलग्न गरी पठाउनु पर्नेछ ।
सम्बन्धन प्राप्त कलेजहरुले प्रत्येक सेमेस्टरमा बुझाउनु पर्ने प्रति विद्यार्थी रु. ३०००।- बराबरको सेवा शुल्क विनियोजन महाशाखा, त्रि.वि. कीर्तिपुरमा बुझाएको प्रमाण फाराम साथै पठाउनु पर्नेछ ।
सम्बन्धन शुल्क बुझाएको प्रमाण फाराम साथै पठाउनु पर्ने छ ।
आंशिक परीक्षार्थीको परीक्षा आवेदन फाराममा लब्धांक पत्रको फोटोकपी फाराम साथै संलग्न गरी पठाउनु पर्ने छ ।
(ख) परीक्षार्थीको हाजिरी आन्तरिक मूल्यांकन र विषयगत संख्या बारे :
परीक्षार्थीहरुको हाजिरी त्रि.वि. नियमानुसार परीक्षा फाराममा उल्लेख गर्नु पर्नेछ ।
आन्तरिक मूल्यांकनको प्राप्तांक परीक्षा आवेदन फाराममा उल्लेख गर्नुका साथै छुट्टा छुट्टै नामावली पनि पठाउनु पर्नेछ ।
आन्तरिक मूल्यांकन नभएका विद्यार्थीको फाराम फिर्ता पठाईने भएकोले अनिवार्य रुपमा आन्तरिक मूल्यांकन पठाउनु पर्नेछ ।
आन्तरिक मूल्यांकन अनुत्तीर्ण विषयको परीक्षा फाराम नभराउने । यदि परीक्षा फाराम भरी परीक्षा दिएमा उक्त विषयको परीक्षा स्वतः रद्द हुनेछ ।
परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुको विषयगत संख्या (Subjectwise-data) परीक्षा आवेदन फाराम साथ पठाउनु पर्नेछ ।
२. परीक्षा शुल्क
परीक्षा शुल्क नियमित
रु. २,५००।-
परीक्षा शुल्क आंशिक (दुई विषय सम्म)
रु. १,५००।-
परीक्षा शुल्क आंशिक (दुई विषय भन्दा बढी)
रु. २,५००।-
Extra Elective प्रति विषय आंशिक
रु. १,०००।- (Only Old Partial)
३. विलम्व शुल्क :
परीक्षा फाराम भर्ने म्याद भुक्तानी भएको मितिले पहिलो हप्ता सम्म
नियमित थप
रु. २,५००।-
आंशिक (दुई विषय सम्म) थप
रु. १,५००।-
आंशिक (दुई विषय भन्दा बढी) थप
रु. २,५००।-
Extra Elective प्रति विषय आंशिक
रु. १,०००।- (Only Old Partial)
४. परीक्षा शुल्क बुझाउने सम्बन्धमा :
सम्बन्धित क्याम्पस/कलेजहरुले उपरोक्त अनुसार परीक्षा शुल्क उठाई डीनको कार्यालयको नाममा रहेको कीर्तिपुर स्थित नेपाल बैंक लि.को चल्ती हिसाब नं. ०४५००१०००९९१०७०००००१ मा जम्मा गरी पठाउनु पर्ने छ ।
५. परीक्षा केन्द्र : पछि तोकिने छ ।
द्रष्टव्य :-
त्रि.वि.को निर्णय अनुसार परीक्षा केन्द्र परिवर्तन सम्बन्धी प्रावधान हटाइएको छ ।
परीक्षार्थीले एक पटक विषय छनौट गरी परीक्षा फाराम भरी सके पछि विषय परिवर्तन गराउन नदिने भएकोले परीक्षार्थीहरुलाई फाराम भराउँदा विषय एकिन गराई फाराम भराउने ।
परीक्षा आवेदन फाराम परीक्षार्थी स्वयंले नै भरी बुझाउनु पर्नेछ । साथै परीक्षा फाराम भर्दा परीक्षा फाराममा र प्रवेश पत्रमा समेत परीक्षार्थी आफैंले नै पुरा दस्तखत गर्नु पर्दछ । अन्यथा पर्न गएमा यस कार्यालय जवाफदेही हुने छैन ।
पाठ्यक्रममा तोकिएको अवधी भित्र रही परीक्षा फारम भर्नु पर्नेछ । यदि अवधी नाघेका परीक्षार्थीहरुले परीक्षा फाराम भरी परीक्षा दिएको पाइएमा त्यस्ता परीक्षार्थीको परीक्षा स्वतः रद्द हुनेछ । सो को जिम्मेवार निज विद्यार्थी, क्याम्पस तथा कलेज स्वयं हुनेछन् ।
नोट :-
कुनै पनि परीक्षार्थीले आफूले अध्ययन गरेको नियमित सेमेस्टरको परीक्षाको परीक्षा फाराम नभरी बिचमा छाडी अर्को सेमेस्टरको परीक्षा फाराम भरी परीक्षा दिएको पाइएमा त्यस्ता परीक्षार्थीको परीक्षा स्वतः रद्द हुनेछ । सो को जिम्मेवार निज विद्यार्थी, क्याम्पस तथा कलेज स्वयं हुनेछन् ।