General
Normal
B.Sc.CSIT विषयमा २०८० सालकाे नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सम्बन्धी सूचना
Published: August 18, 20237 views
सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा २०८० सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सम्बन्धी सूचना
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त २०८० सालको लागि निम्नानुसारको प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धी कार्यक्रम प्रकाशित गरिएको छ ।
१. आवेदनको लागि न्यूनतम योग्यता :
त्रि.वि. वा त्रि.वि.वाट मान्यता प्राप्त शिक्षण संस्थावाट विज्ञान विषयमा भौतिक शास्त्र र गणित विषय १००/१०० पूर्णाङ्क लिई प्रविणता प्रमाण पत्र तह (I.Sc.) वा सो सरहको परीक्षामा कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको वा माध्यमिक विद्यालयबाट विज्ञान विषयमा भौतिक शास्त्र र गणित विषय लिई कक्षा ११ र कक्षा १२ मा प्रत्येक विषयमा अन्तिम ग्रेड C वा उच्च माध्यमिक विद्यालयबाट विज्ञान विषयमा भौतिक शास्त्र र गणित विषय १००/१०० पूर्णाङ्क लिई कक्षा ११ र कक्षा १२ वा सो सरहको परीक्षामा कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
A Level विज्ञान विषयमा (भौतिक शास्त्र र गणित विषय १००/१०० पूर्णाङ्क लिई) कम्तिमा D Grade (With or Without Small Letter) प्राप्त गरेको हुनुपर्ने ।
CTEVT बाट Three Years Diploma in Engineering विषयमा (भौतिक शास्त्र र गणित विषय १००/१०० पूर्णाङ्क लिएको हुनुपर्ने) कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
विदेशी शैक्षिक संस्था वा विदेशी विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेश गर्नुपर्ने ।
२. आवेदन प्रक्रिया Completely Online :
विज्ञान तथा प्रविधि अध्ययन संस्थानको Website https://iost.tu.edu.np मा राखिएको प्रवेश परीक्षाको आवेदन फारम आवेदक स्वयम्ले भरी Online बाट नै सोही Website मार्फत Submit गर्नुपर्ने छ ।
Website मा Online फारम २०८०।०४।३२ गते विहान १०:०० बजे देखि मिति २०८०।०५।२६ गते सम्म मात्र उपलब्ध हुनेछ । तोकिएको समय पश्चात Online फारम स्वतः बन्द हुनेछ ।
दोब्बर दस्तुर तिरी Online फारम २०८०।०५।२७ गते विहान १०:०० बजे देखि मिति २०८०।०५।३१ गते सम्म उपलव्ध हुने छ ।
आवेदन फारम Internet सुविधा भएको कुनै पनि स्थानबाट तोकिएका दिनहरुमा कुनै पनि समयमा भर्न सकिने छ ।
प्रवेश परीक्षा शुल्क वापतको रकम रु. १,८५०।- (अक्षेरुपी एक हजार आठ सय पचास मात्र) ग्लोवल आई.एम.ई.बैंक लि.को कुनै पनि शाखाबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थान प्रवेश परीक्षाको लागि सो बैंकबाट तयार गरिएको विशेष भौचर भरी यस कार्यालयको ग्लोवल आई.एम.ई.बैंक लि., कीर्तिपुर शाखामा रहेको तोकिएको खाता मा जम्मा हुने गरी बुझाएको हुनुपर्ने छ । भर्ना पोर्टलमा रहेको Online माध्यमबाट IoST को Website मा दिइएको app तथा link प्रयोग गरेर शुल्क जम्मा गर्न सकिने छ । साथै ConnectIPS/ e-Sewa /Khalti मार्फत पनि शुल्क जम्मा गर्न सकिने छ ।
Online फारम भर्दा बैंकको भौचर नम्वर वा Transaction ID number (ConnectIPS/ e-Sewa/Khalti को लागि) अनिवार्य रुपमा भर्नु पर्ने छ । आवेदकहरुले परीक्षा शुल्क मिति २०८०।०५।२६ गते अपरान्ह ३:०० बजे सम्म दाखिला गरी सक्नु पर्ने छ । बैंक भौचर काटी सकेपछि परीक्षा शुल्क वापत वुझाएको रकम फिर्ता हुने छैन ।
आवेदकले फारम भर्दा Online मा उपलब्ध निर्देशनलाई अनिवार्य रुपले पालना गर्दै जानकारीहरु तथा Upload गर्नुपर्ने सामाग्रीहरु सहित Submit गर्नुपर्ने छ । आवेदनको न्युनतम योग्यता प्रमाणित गर्न कक्षा ११ र १२ को सर्टिफिकेट/ट्रान्सक्रिप्ट/मार्कसिट, समकक्षता प्रमाणपत्र इत्यादी तथा हस्ताक्षर सहितको MRP Standard फोटो लगायतका सामाग्रीहरु तयार गरे पछि मात्र फारम भर्न सूचित गरिन्छ ।
Online बाट परीक्षा फारम भरी Submit गरी सकेपछि तत्कालै प्राप्त हुने Acknowledgement Page Print गर्नुपर्ने छ ।
मिति २०८०।०६।०४ गते देखि Online माध्यमबाटै चरणबद्ध रुपमा प्रवेश पत्र उपलब्ध गराईने छ । उक्त प्रवेश पत्र Download गरी Color Print गर्नुपर्ने छ । परीक्षामा सामेल हुन अनिवार्य रुपले प्रवेश पत्र सहित आफूले तोकेको जिल्ला/केन्द्रमा जानुपर्ने छ । प्रवेश पत्रको साथै आफ्नो परिचय खुलाउने फोटो सहितको ID (जस्तै नांगरिकता प्रमाणपत्र वा सवारी चालक प्रमाणपत्र वा मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा पछिल्लो शैक्षिक तहको प्रवेशपत्र) पनि ल्याउनु पर्ने छ ।
३. Online फारम भर्दा नै विद्यार्थीहरुले परीक्षा दिने जिल्ला रोज्नु पर्नेछ । ति निम्न हुने छन् ।
काठमाडौं उपत्यका
झापा
मोरङ
सुनसरी
धनुषा
पर्सा
कास्की
चितवन
रुपन्देही
दाङ
बाँके
कन्चनपुर
४. प्रवेश परीक्षा हुने मिति, समय र परीक्षा केन्द्र : पछि प्रकाशित गरिने छ ।
५. प्रबेश परीक्षा सम्बन्धी जानकारी :
प्रवेश परीक्षाको अंकभार १०० पूर्णाङ्कको हुने छ । जसमा I.Sc./११ र १२ वा सो सरहको पाठ्यकमको आधारमा गणित विषय २५, भौतिक शास्त्र विषय २५, रसायन शास्त्र विषय २५, अंग्रेजी विषय १५ र कम्प्यूटर सम्बन्धी ज्ञानको १० अंक गरी जम्मा १०० अंकभार रहेको Objective प्रश्नहरु हुनेछन् । पाठ्यक्रमको आधारमा निम्न विषयका निम्न समूहमा Objective/Multiple Choice प्रश्नहरु सोधिने छ ।
Particulars
Group A
Group B
Group C
Group D
Marks
25
25
25
15 / 10
Subject
Mathematics
Physics
Chemistry
English / Computer Related
Curriculum
Grade 11
Grade 11-12
Grade 11-12
Grade 11-12 / GK
प्रवेश परीक्षाको अवधी २ घण्टाको हुनेछ ।
प्रवेश परीक्षा उत्तीर्ण हुन पूर्णाङ्कको ३५% अंक प्राप्त गर्नुपर्ने छ ।
प्रवेश परीक्षाको नतिजामा परीक्षार्थीहरुले बराबर अंक प्राप्त गरेमा प्रवेश परीक्षामा गणित विषयमा प्राप्त गरेको अंकको आधारबाट योग्यता सूची तयार (Placement) गरिने छ । त्यहाँ पनि बराबर अंक भएमा क्रमशः भौतिक शास्त्र, रसायन शास्त्र, अंग्रेजी+कम्प्यूटर सम्बन्धि ज्ञानको विषयमा प्राप्त गरेको अंकलाई आधार बनाईने छ । सबैमा बराबर अंक भएको अवस्थामा क्रमशः तल्लो शैक्षिक तहलाई आधार वनाईने छ । यी आधारबाट प्राप्त अंकहरु प्रकाशित हुने छैनन् ।
६. भर्ना :
प्रवेश परीक्षाको नतिजा पश्चात हरेक परीक्षार्थीले आ-आफ्नो Score Sheet Download गर्नुपर्ने छ । नतिजा प्रकाशित भए लगत्तै परीक्षार्थीहरुलाई प्राथमिकता फारम (Priority Form) भर्नु पर्नेछ । ईच्छुक परीक्षार्थीहरुले आफूले पढन खोजेको क्याम्पस/कलेजहरुको नाम तोक्न पाईने छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीकृत भर्ना अनुगमन समितिको कार्यविधि २०८० अनुसार भर्ना प्रक्रिया हुने छ ।
७. कक्षा संचालन : पछि प्रकाशित गरिने छ ।
८. समावेशी कोटा सम्बन्धमा :
क्याम्पस/कलेजहरुले त्रि.वि.सेमेष्टर प्रणाली संचालन विनियम, २०७४ अनुसार तोकिए बमोजिम समावेशी कोटाको आधारमा भर्ना गर्नुपर्ने छ । सोको जानकारीका लागि समावेशी फारम यस कार्यालयको website मा राखिने छ ।
९. छात्रवृत्ति सम्बन्धमा :
त्रि.वि., विज्ञान तथा प्रविधि अध्ययन संस्थान छात्रवृत्ति सम्वन्धी कार्य निर्देशिकाले तोके वमोजिम हुने छ ।