General
Normal
B.Sc.CSIT विषयमा २०८२ सालकाे नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाकाे अावेदन फारम भर्ने म्याद थप सम्बन्धी सूचना
Published: October 29, 202510 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त दोब्बर दस्तुर तिरी Online माध्यमबाट प्रवेश परीक्षा (Entrance) को आवेदन फाराम भर्ने म्याद थप निम्नानुसार गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
दोब्बर दस्तुर तिरी आवेदन फारम बुझाउने मिति : २०८२।०७।१८ गते सम्म ।
प्रवेश परीक्षाको केन्द्र : पछि प्रकाशित गरिने छ ।
नोट : कक्षा १२ मा दुई विषय सम्म Non Graded (NG) परीक्षा दिएर बसेका परीक्षार्थीहरुले समेत प्रवेश परीक्षा फाराम भर्न सक्नेछन् ।
अन्य जानकारीको लागि website:iost.tu.edu.np मा हेर्न सकिने छ ।