General
Normal
B.Sc.CSIT Entrance Notice of 2080
Published: August 10, 20237 views
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषयमा २०८० सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सम्वन्धी सूचना।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त २०८० सालको लागि निम्नानुसारको प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धी कार्यकम प्रकाशित गरिएको छ ।
प्रवेश परीक्षा सम्वन्धी कार्यकम :
विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट संचालन गरिने प्रवेश परीक्षाको आवेदन फाराम Online माध्यमबाट मिति २०८०।०४।३२ गते विहान १०:०० बजे देखि deploy गरिने छ ।
आवेदन फाराम वुझाउने मिति : २०८०।०४।३२ गते विहान १०:०० बजे देखि मिति २०८०।०५।२६ गते सम्म ।
दोब्बर दस्तुर : २०८०।०५।२७ गते देखि २०८०।०५।३१ गते सम्म ।
आवेदन फाराम दस्तुर : प्रवेश परीक्षा शुल्क रु.१,८५०।- (अक्षेरुपी एक हजार आठ सय पचास मात्र) ।
प्रवेश परीक्षा हुने मिति, समय र परीक्षा केन्द्र : पछि प्रकाशित गरिने छ ।
विस्तृत जानकारीको लागि website: https://iost.tu.edu.np वाट हेर्न सकिने छ ।