General
Normal
B.Sc.CSIT विषयमा २०८१ सालकाे नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सम्बन्धी संशाेधित सूचना
Published: July 17, 20245 views
सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्ष स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा २०८१ सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सम्बन्धी संशोधित सूचना
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्ष स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त २०८१ सालको लागि निम्नानुसारको प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धी संशोधित कार्यक्रम प्रकाशित गरिएको छ ।
१. आवेदनको लागि न्युनतम योग्यता :
उच्च माध्यमिक/माध्यमिक विद्यालयबाट 10+2 मा विज्ञान विषय (भौतिक शास्त्र र गणित विषय कम्तिमा १००/१०० पूर्णाङ्क लिई) प्रत्येक विषयहरुमा अन्तिम ग्रेड C प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने ।
ग्रेडिङ्ग प्रणाली नभएको हकमा उच्च माध्यमिक/माध्यमिक विद्यालयबाट 10+2 मा विज्ञान विषय (भौतिक शास्त्र र गणित विषय कम्तिमा १००/१०० पूर्णाङ्क लिई) कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
त्रि.वि.वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह (I.Sc.) वा सो सरहको विज्ञान विषयमा (भौतिक शास्त्र र गणित विषय कम्तिमा १००/१०० पूर्णाङ्क लिई) कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
A Level विज्ञान विषयमा (भौतिक शास्त्र र गणित विषय कम्तिमा १००/१०० पूर्णाङ्क लिई) कम्तिमा D Grade (With or Without Small Letter) प्राप्त गरेको हुनुपर्ने ।
CTEVT बाट Three Years Diploma in Engineering विषयमा (भौतिक शास्त्र र गणित विषय कम्तिमा १००/१०० पूर्णाङ्क लिई) कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
विदेशी शैक्षिक संस्था वा विदेशी विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेश गर्नुपर्ने ।
२. आवेदन प्रक्रिया Completely Online :
विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेबसाइट https://iost.tu.edu.np मा राखिएको प्रवेश परीक्षाको आवेदन फारम आवेदक स्वयंमूले भरी Online बाट नै सोही वेबसाइट मार्फत Submit गर्नुपर्ने छ ।
Website मा Online फारम २०८१।०३।२० गते बिहान १०:०० बजे देखि उपलब्ध हुनेछ ।
आवेदन फारम Internet सुविधा भएको कुनै पनि स्थानबाट तोकिएका दिनहरुमा कुनै पनि समयमा भर्न सकिने छ ।
प्रवेश परीक्षा शुल्क वापतको रकम रु. १,९५०।- (अक्षेरुपी एक हजार नौं सय पचास मात्र) । IoST को वेवसाइट मा दिइएको app तथा link प्रयोग गरेर Online माध्यमबाट शुल्क जम्मा गर्न सकिने छ । आवेदन शुल्क जम्मा गरेपछि प्राप्त हुने Product ID प्रयोग गरी आवेदन फाराम भर्नु पर्नेछ । आवेदन फाराम Online माध्यमबाट दस्तुर बुझाई फाराम भर्न सम्बन्धित विद्यार्थीहरुलाई अभिप्रेरित गरिन्छ । Online माध्यमबाट बुझाएको आवेदन शुल्क वापतको रकम फिर्ता हुने छैन ।
ग्लोवल आई.एम.ई. बैंक लि. को कुनै पनि शाखाबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थान प्रवेश परीक्षाको लागि सो बैंकबाट तयार गरिएको विशेष भौंचर भरी ग्लोवल आई.एम. ई. बैंक लि., कीर्तिपुर शाखामा रहेको यस अध्ययन संस्थानको नाममा रहेको खातामा जम्मा हुने गरी बुझाएको हुनुपर्ने छ । बैंकको भौंचर नम्वर वा Transaction ID number अनिवार्य रुपमा भर्नु पर्ने छ । बैंक भौचरबाट बुझाएको आवेदन शुल्क वापतको रकम फिर्ता हुने छैन ।
आवेदकले फाराम भर्दा Online Portal मा उपलब्ध निर्देशनलाई अनिवार्य रुपले पालना गर्दै जानकारीहरु तथा Upload गर्नु पर्ने सामाग्रीहरु सहित Submit गर्नु पर्नेछ । आवेदनको न्युनतम योग्यता प्रमाणित गर्न निम्नानुसारका कागजातहरु Upload गरी फाराम भर्न सूचित गरिन्छ :
कक्षा ११ र कक्षा १२ को ट्रान्सक्रिप्ट वा प्रविणता प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट Upload गर्नु पर्नेछ । (पुरानो उच्च माध्यमिक तथा प्रविणता प्रमाणपत्र तह उर्तीर्ण गर्ने आवेदकको लागि मात्र)
कक्षा ११ को मार्कसिट र कक्षा १२ को ट्रान्सक्रिप्ट Upload गर्नु पर्नेछ । (पुरानो उच्च माध्यमिक वा माध्यमिक तह उर्तीर्ण गर्ने आवेदकको लागि मात्र)
कक्षा ११ को मार्कसिट र कक्षा १२ को प्रवेशपत्र Upload गर्नु पर्नेछ । (यसै शैक्षिक सत्र कक्षा १२ को परीक्षामा संलग्न परीक्षार्थीहरुको लागि मात्र) । साथै यस्ता आवेदकहरुले कक्षा १२ को नतिजा पश्चात मार्कसिट/ट्रान्सक्रिप्ट अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।
Online बाट परीक्षा फारम भरी Submit गरी सकेपछि तत्कालै प्राप्त हुने Acknowledgement Page Print गर्नुपर्ने छ ।
Online माध्यमबाटै चरणबद्ध रुपमा प्रवेश पत्र उपलब्ध गराईने छ । उक्त प्रवेश पत्र Download गरी Color Print गर्नुपर्ने छ । परीक्षामा सामेल हुन अनिवार्य रुपले प्रवेश पत्र सहित आफूले तोकेको जिल्ला/केन्द्रमा जानुपर्ने छ । प्रवेश पत्रको साथै आफ्नो परिचय खुलाउने फोटो सहितको ID (जस्तै नागरिकता प्रमाणपत्र वा सवारी चालक प्रमाणपत्र वा मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा पछिल्लो शैक्षिक तहको प्रवेशपत्र) पनि ल्याउनु पर्ने छ ।
३. Online फारम भर्दा नै विद्यार्थीहरुले परीक्षा दिने जिल्ला रोज्नु पर्नेछ । ति निम्न हुने छन् ।
काठमाडौं उपत्यका
झापा
मोरङ
सुनसरी
धनुषा
पर्सा
कास्की
चितवन
रुपन्देही
दाङ
बाँके
कन्चनपुर
४. प्रवेश परीक्षा तथा प्रवेश परीक्षासंग सम्बन्धित तिथि मिति : पछि प्रकाशित गरिने छ ।
५. प्रबेश परीक्षा सम्बन्धी जानकारी :
प्रवेश परीक्षाको अंकभार १०० पूर्णाङ्कको हुने छ । जसमा I.Sc./११ र १२ वा सो सरहको पाठ्यकमको आधारमा गणित विषय २५, भौतिक शास्त्र विषय २५, रसायन शास्त्र विषय २५, अंग्रेजी विषय १५ र कम्प्यूटर सम्बन्धी ज्ञानको १० अंक गरी जम्मा १०० अंकभार रहेको Objective प्रश्नहरु हुनेछन् । पाठ्यकमको आधारमा निम्न विषयका निम्न समूहमा Objective/Multiple Choice प्रश्नहरु सोधिने छ ।
Particulars
Group A
Group B
Group C
Group D
Marks
25
25
25
15
10
Subject
Mathematics
Physics
Chemistry
English
Computer Related GK
Curriculum
Grade 11
Grade 11-12
Grade 11-12
Grade 11-12
-
प्रवेश परीक्षाको अवधी २ घण्टाको हुनेछ ।
प्रवेश परीक्षा उत्तीर्ण हुन पूर्णाङ्कको ३५% अंक प्राप्त गर्नुपर्ने छ ।
प्रवेश परीक्षाको नतिजामा परीक्षार्थीहरुले बराबर अंक प्राप्त गरेमा प्रवेश परीक्षामा गणित विषयमा प्राप्त गरेको अंकको आधारबाट योग्यता सूची तयार (Placement) गरिने छ । त्यहाँ पनि बराबर अंक भएमा क्रमशः भौतिक शास्त्र, रसायन शास्त्र, अंग्रेजी + कम्प्यूटर सम्बन्धि ज्ञानको विषयमा प्राप्त गरेको अंकलाई आधार बनाईने छ । सबैमा बराबर अंक भएको अवस्थामा कमशः तल्लो शैक्षिक तहलाई आधार वनाईने छ । यी आधारुबाट प्राप्त अंकहरु प्रकाशित हुने छैनन् ।
६. भर्ना प्रकृया, कक्षा संचालन, समावेशी कोटा तथा छात्रवृत्ति सम्बन्धी सूचना डीन कार्यालयको वेवसाइट https://iost.tu.edu.np मा पछि प्रकाशित गरिने छ ।