Schedule
Normal
Exam Schedule of B.Sc.CSIT III Semester - 2078
Published: August 13, 20234 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८० सालमा सञ्चालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषय दोश्रो वर्ष तेश्रो सत्र २०७८ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न तालिका अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
परीक्षा समय : दिनको १२.०० बजे देखि ३.०० बजे सम्म।
परीक्षा केन्द्र : पछि तोकिने छ।
Exam Date
Level
Course No.
Course Title
2080-06-12
B.Sc.
CSC 206 / CSC-201
Data Structure and Algorithms (New) / Computer Architecture (Old)
2080-06-15
B.Sc.
CSC 207 / CSC-202
Numerical Method (New) / Object Oriented Programming Language (Old)
2080-06-18
B.Sc.
CSC 208 / CSC-203
Computer Architecture (New) / Operating Systems (Old)
2080-06-21
B.Sc.
CSC 209 / CSC-204
Computer Graphics (New) / Numerical Method (Old)
2080-06-24
B.Sc.
STA 210 / MGT-205
Statistics II (New) / Introduction to Management (Old)
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना बिना कुनै अप्रत्याशित बिदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पस/कलेजहरूमा सम्पर्क राख्नु होला।
परीक्षाको लागि चाहिने लगबुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थीहरू आफैंले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ।
परीक्षा भवन भित्र परीक्षामा निषेधित सामाग्रीहरू साथमा लिएर प्रवेश गर्न पाइने छैन।